१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आङ छिरिङको जग्गा नकिन्दा उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल

३१ भाद्र २०७४, शनिबार ०१:३२

भदौ ३१, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महमानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ।


प्राधिकरणको चालू आर्थिक बर्षको बजेटमा यती इनकर्पोरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ। विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ।

गत आइतबार ५ बजे प्राधिकणको करिब ४३ अर्ब रूपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो। सञ्चालक समितिको सदस्यसमेत रहेका मन्त्रालयका महासचिव सुरेश आचार्य बैठकमा उपस्थित नभएपछि कोरम नपुगि बैठक बसेको थिएन।

स्रोतका अनुसार यती इन्कर्पोरेटका मालिक आङछिरिङ शेर्पाका नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि महासचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो। उक्त जग्गा किन्न ३ अर्बभन्दा माथि लाग्ने अनुमान छ।

शेर्पाले २०६१ सालतिर निकै सस्तो मुल्यमा उक्त जग्गा किनेका थिए। सो जग्गा उनलाई ठूलो नाफा हुने गरी प्राधिकरणको नाममा किनाउन गौतममाथि राजनीतिक दबाब परेको छ। यसरी जग्गा बेचाउन सकेको भए नेपाल आयल निगममा अहिले भएको जग्गा खरिद घोटाला काण्डको पुनरावृत्ति हुने थियो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह