२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशका १४ सांसद अझै असन्तुष्ट,सभापति देउवाले मिलाउँछु भने पनि,पत्रकार सम्मेलनको तयारीमा जुटे

२८ श्रावण २०८२, मंगलवार १३:३५

बागमती प्रदेश सभाको नवनिर्मित अस्थायी भवनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराह्न ४ बजे विश्वासको मत लिने तालिका बाहिर आइरहँदा कांग्रेसकै असन्तुष्ट १४ प्रदेश सांसद भने काठमाडौँमै पत्रकार सम्मेलनको तयारीमा जुटेका छन् ।

सोमबार राति अबेरसम्म पनि असन्तुष्ट १४ सांसदसँग नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री बानियाँले कुनै भेटघाट र छलफल गरेका छैनन् । सोमबार राति अबेरसम्म १४ सांसद समूहको बैठक बसेको थियो । उनीहरूले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

बानियाँले संसदीय दलको बोर्ड बनाएर केही सदस्यहरूलाई व्यवस्थापन गरेका छन् । ‘असन्तुष्टहरूसँग आइतबार भेट्ने भनिएको थियो । तर सोमबार रातिसम्म हाम्रो भेट भएको छैन,’ बहादुर सिंह लामाले मन्त्री नियुक्त गरेर शपथ हुन रोकिएका गोविन्द लम्सालले भने, ‘सभापतिज्यूको त्यस्तो समाचार चैँ सुन्यौँ तर अहिलेसम्म केही खबर आएको छैन ।’ उनले सकभर पार्टीमा सबैलाई मिलाऊँ भनेर आफूहरूको भगीरथ प्रयास जारी रहेको बताए । भने, ‘हामी छलफलमै छौँ, माननीय बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्रीहरू समेटिउन् भन्ने माग पनि सुनुवाइ भएको छैन,’ उनले भने, ‘हाम्रो समूहको बैठक भइरहेको छ, सामूहिक र सभापति तथा मुख्यमन्त्रीज्यूले बोलाउने छलफलबारे हामीलाई खबर छैन ।’

३ मन्त्रीको शपथ नै एजेन्डा

साउन १४ गते कांग्रेसका तीन जना सांसद गोविन्द लम्साल (धादिङ), माया श्रेष्ठ (चितवन) र गीता गुरुङलाई मन्त्री नियुक्त गर्ने निर्णय भएको थियो । मुख्यमन्त्री बहादुर सिंह लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

उनीहरूको शपथको समय पनि तय भएको थियो । तर, एमालेको असहमति र प्रदेश प्रमुख दीपक देवकोटाको स्वास्थ्य प्रतिकुलका कारण शपथग्रहण रोकियो ।

पार्टी सभापति शेरबहादुर देउवासँग पनि यी तीन जनालाई शपथ गराउने सहमति भएपछि राजीनामा दिएको बताएका लामाले सहमति कार्यान्वयन नभएको भन्दै यही मुद्दालाई लिएर विश्वासको मत लिने दिनसम्म असन्तुष्ट समूहको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका बानियाँलाई चुनौती दिएका हुन् ।

दुई समूह, दुईतिर बैठक

मुख्यमन्त्री बानियाँले प्रदेश सभामा विश्वासको मत लिन दिउँसो १ बजे हेटौँडामा संसदीय दलको बैठक बोलाएका छन् । ४ बजे विश्वासको मत लिने तालिका छ ।

यता, असन्तुष्ट समूहको मङ्गलवार दिउँसो काठमाडौँमा १२ बजे बैठक बोलाइएको छ । मुख्यमन्त्रीले माग सम्बोधन नगरे २ बजे पत्रकार सम्मेलनको तयारी छ । त्यहाँ पत्रकार सम्मेलन सकेर हेटौँडा आउन हम्मे हुने देखिन्छ ।

दुवैको ढिपी

आइतबार असन्तुष्ट समूहले पार्टी सभापति शेरबहादुर देउवा भेटेका थिए । बहादुरसिंह लामासहित पुगेको टोलीलाई सभापतिले आश्वासन दिएका छन् । लामाले नियुक्त गरेका मन्त्रीहरूलाई समेट्ने गरी मिलाउने देउवाको आश्वासन छ । ‘धेरै कुरा भएन, उहाँले म मिलाउँछु मात्र भन्नु भएको छ,’ लम्सालले भने ।

कांग्रेस स्रोतका अनुसार आइतबार र सोमबार मुख्यमन्त्री बानियाँले बहादुर सिंह लामालाई सम्पर्क प्रयास गरेका थिए । उनले ‘भेट्न पर्दैन, सहमति कायम गर’ भनेर टारेको बानियाँनिकट स्रोतको भनाइ छ । लामाको माग छ, आफूले नियुक्त गरेका र पार्टी सभापति शेरबहादुर देउवाले पनि सहमति गरेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि ३ मन्त्रीको शपथ हुनुपर्छ, अनि विश्वासको मत लिनुपर्छ ।’

यता मुख्यमन्त्री बानियाँको तर्क छ, ‘विश्वासको मत लिऊँ अनि मन्त्रिमण्डल विस्तार गरौँला ।’ दुवैको समान ढिपीले दुई समूहको छुट्टाछुट्टै छलफल र असन्तुष्टि तथा अविश्वास कायम छ ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना प्रदेश सभा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले ह्विप जारी गरेका हुन् । साउन २० गते नेकपा एमाले–कांग्रेसको गठबन्धनबाट बानियाँ मुख्यमन्त्री बनेका हुन् । उनलाई विश्वासको मतका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

कथमकदाचित कांग्रेसका असन्तुष्ट १४ जना प्रदेश सभा सदस्यले प्रदेश सभाबाटै राजीनामा बुझाउने अवस्था बने कांग्रेस र उनीहरूको प्रदेश सभा सदस्यहरूको आगामी राजनीति कस्तो होला रु सरकारले विश्वासको मत पाउन सकेन भने के गर्ने भन्ने संशय १४ सांसदको लगातारको असन्तुष्टिले संकेत गरेको छ ।

उसो त बागमतीका कांग्रेस सांसदलाई विश्वासको मतका लागि तीन बुँदे ह्वीप जारी भएको छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने क्रममा विश्वासको मतको पक्षमा मतदान गर्न, अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न ह्विप जारी गरिसकेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ ९सभामुख सहित०, एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान