२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदी र जेलेन्स्कीबीच फोनवार्ता: रुसलाई जमिन सुम्पन नसकिने अडान

२०८२, २८ श्रावण मंगलवार १४:२१

काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फोन गरेका छन्। मोदीले सोमबार सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले आफूसँग फोनमा कुरा गरेको जानकारी दिएका हुन्।

भारतका प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमबारे उहाँको विचार सुन्न पाउँदा म खुसी छु। मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु।’

उनले अगाडि लेखेका छन्, ‘भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध छ।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यही अगस्ट १५ मा अलास्कामा भेटवार्ता गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीच फोनवार्ता हुनु महत्त्वपूर्ण ठानिएको छ।

यसबीच जेलेन्स्कीले कुनै पनि हालतमा आफ्नो जमिन रुसलाई सुम्पन नसकिने अडान पनि व्यक्त गरिसकेका छन्। उता युक्रेनका युरोपेली सहयोगीहरूले पनि युक्रेनलाई सामेल नगरी गरिने शान्ति वार्ताको अर्थ नहुने चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी