2026-09-13 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसद खनालले : प्रधानमन्त्री ओलीलाई अमेरिकन लेखकहरूको चर्चित पुस्तक पढ्न सुझाए

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले लोकतान्त्रिक मूल्य, न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले सरकार आफू अनुकूल कानुन बनाउने, जनपक्षीय आवाजलाई दबाउने, न्यायपालिकामाथि हस्तक्षेप गर्ने र मिडियालाई नियन्त्रण गर्ने काममा लागेको आरोप लगाएका हुन् । उनले सरकारका यस्ता कार्यले लोकतान्त्रिक व्यवस्था नै संकटमा परेको टिप्पणी गरे ।

‘लोकतन्त्र मास्न खोज्नेहरू आफ्नो अनुकूल कानुन बनाउँछन्, न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् र कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । तर, प्रधानमन्त्रीज्यू भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरू संसद अवरुद्ध गरिराखेका छन्,’ उनले भने । सांसद खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकन लेखकहरूको चर्चित पुस्तक ‘हाउ डेमोक्रेसिज डाइ’ पढ्न सुझाए । ‘आफ्नै सरकारको एक वर्षे कामको मूल्यांकन गर्न आग्रह गर्छ,’ उनले भने ।

भ्रष्टाचार र सत्ता दुरुपयोगका विषयमा पनि तीव्र आलोचना गर्दै खनालले भिजिट भिसा प्रकरण, पासपोर्ट छपाइमा भागवण्डा, कुलिङ पिरियडको दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको भ्रष्टाचारप्रति सरकार र संसद उदासीन रहेको आरोप लगाए । ‘हामीले स्वतन्त्र छानबिनको माग गर्‍यौँ, तर उल्टै विपक्षीको आवाज दबाउने प्रयास भयो । लिचिबारी प्रकरणको अडियो सार्वजनिक भयो, पासपोर्ट छपाइमा भागवण्डाको कुरा बाहिर आयो, अध्यागमनमा घुस लिने कर्मचारीको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृह मन्त्रालयलाई अप्ठ्यारो नहोस् भनेर छानबिन अगाडि बढ्दैन । यस्तो प्रवृत्तिले सरकारमा सुधार होइन, विघटनको संकेत देखिएको छ,’ उनले भने ।

सांसद खनालले सरकारलाई जनताको अपेक्षा अनुसार सुशासन दिन र भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई पदमुक्त गर्न आग्रह गरे । ‘हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहुन् भन्ने चाहन्छौँ प्रधानमन्त्रीज्यू, तपाईं के चाहनुहुन्छ ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले