२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२६ वर्षअघिको किसुनजीको सम्बोधन सम्झँदै राजीनामा दिए खतिवडाले

२८ श्रावण २०८२, मंगलवार १६:५५

काठमाडौँ | २६ वर्षअघि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)ले प्रतिनिधिसभामा गरेको सम्बोधन स्मरण गर्दै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार (साउन २७) प्रतिनिधिसभा बैठकमा उनले समितिको सभापतिबाट राजीनामाको घोषणा गरेका हुन् ।

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्था कायमै रहेपछि उनीमाथि प्रश्न उठाइएको थियो । संसदीय छानबिन समितिले उनको राजीनामा मागेको थिएन । तैपनि, नैतिकताका आधारमा राजीनामा दिएको उनले बताए ।

प्रतिनिधिसभा बैठकमा उनले २६ वर्षअघि किसुनजीले गरेको सम्बोधनको अंश पनि स्मरण गरे ।

“आजभन्दा २६ वर्षअघि २०५६ चैत ३ गते रोस्ट्रममा उभिएर हाम्रा परम श्रद्धेय नेता कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा बोल्नुभएको अभिव्यक्ति आज पनि झलझल्ती याद आउँछ । उहाँका शब्दहरू आज पनि गुन्जिरहन्छ,” खतिवडाले भने, “उहाँले भावुक हुँदै भन्नुभएको थियो– देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन हैन ?”

खतिवडाले जो ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर बढी उभियो, उसैलाई दण्डित गरिएको इतिहासमा पनि कतै न कतै लेखिनेछ भनेर राजीनामाको घोषणा गरेको बताए ।

“किनभने, यो विधेयकमा मेरो कुनै स्वार्थ थिएन । स्वार्थ थियो त केवल संवैधानिक संयन्त्रलाई निष्पक्ष, दर्बिलो र कसैले प्रश्न उठाउन नसक्ने संस्थाको रूपमा स्थापित गर्न चाहेको थिएँ,” उनले भने, “ती संस्थामा राज्यको अथाह लगानी भएको छ । दुर्भाग्य, नियुक्तिकै कारण ती संस्थाहरूका क्रियाकलापमा निरन्तर प्रश्न उठिरहेको छ, शंका जन्मिइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान