2026-09-13 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको उद्यमशीलता र पेशागत सीप विकासका लागि सरकारले नेतृत्व लिन आवश्यक : प्रचण्ड

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने बताएका छन् । भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा बोल्दै उनले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका लागि सरकारले नेतृत्व लिन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु । यस किसिमको काममा सरकारले नेतृत्व लिन आवश्यक छ। म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि त्यसका निम्ति पहल गर्ने प्रतिबद्धता जनाउँछु ।’अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहप्रति खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी युवा महिलाहरूलाई प्रतीकात्मक रूपमा ‘बन्दुकविहीन महिलाहरूको सेना’सँग तुलना गर्दै यस्तो कदमले देशभरका महिलालाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले भने, ‘हामीले सरकारमा रहदा युवा उद्यमशीलताको विशेष कदम चाल्दै आएका छौं । जनयुद्वमा पनि हामी महिलामाथि हुने विभेदका विरुद्ध विद्रोह गर्यौं र त्यसमा महिलाहरूले उत्साहपूर्ण सहभागिता भयो । अहिले मेकअप वर्कसपमा सहभागी तपाइँहरूको उत्साहले मलाई तपाईहरू बन्दुकविहीन महिला सेनाको रूपमा हेरेको छु । तपाईहरूबाट देश भरका महिला दिदिबहिनिहरूले प्रेरणा लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’

मेकअप वर्कसपमा देशभरिबाट २,१३१ जना सहभागी भई एकदिने मेकअप तालिम लिएका छन् । कार्यक्रमले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ रेकर्ड समेत राखेको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को प्रमाणपत्र आयोजक लाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले