Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विद्युत् प्राधिकरणका ११ सदस्यले दिए राजीनामा:नेतृत्वले तानाशाही प्रवृति देखायको आरोप

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका ट्रेड युनियनबाट ११ सदस्यले राजीनामा दिएका छन् । नेतृत्वले तानाशाही प्रवृति देखाएको र गुटबन्दी गरेका कारण देखाएर उनीहरूले साधारण सदस्यतासमेत नहरनेगरी राजीनामा दिएका हुन् ।

उनीहरूले हालको नेतृत्वमा तानाशाही शैली भएको आरोप लगाएका छन् । यस्तै, ट्रेड युनियन मूल्यमान्यताविपरीत व्यक्तिगत स्वार्थमा अधिकारको दुरुपयोग, आन्तरिक गुटबन्दी, योग्य र सक्रिय सदस्यलाई महाधिवेशनमा पाखा लगाउने, व्यवस्थापनसँग अनुचित सहकार्य गर्ने गरेको आरोप उनीहरूको छ ।

यस्तै, उनीहरूले सामूहिक सौदाबाजीका मुद्दामा व्यक्तिगत फाइदाका लागि बार्गेनिङ गर्नेजस्ता प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।

कर्मचारीका आर्थिक, सरुवा, ज्यालादारी समस्या लगायत दीर्घकालीन हितका विषयमा बेवास्ता गर्दै, उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै सदस्यलाई कारबाही गर्ने कार्य भएको उनीहरूको आरोप छ ।

Kar-1754999845.jpg