2026-06-30 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोबितालाई एमाले सांसदको प्रश्न:महिला बलात्कृत हुनु र कसैले झापड हान्नु एउटै हो?

काठमाडौँ | नेकपा एमालेकी सांसद दीपा शर्माले रास्वपाकी सांसद सोबिता गौतमको पुरानो अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हो ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘आफूलाई अब्बल कानुन व्यवसायी भन्नुहुन्छ। र आफूलाई नयाँ सुझबुझ गरेर आएको पनि ठान्नुहुन्छ। उहाँको अहिले भाइरल भएको एउटा भिडिओ छ, उहाँले जबसम्म एउटा बलात्कृत महिलाको शरीरमा हानी नोक्सानी भएको छैन भने बलात्कृत हुनु र कसैले झापड हान्नु एउटै हो भन्ने उहाँको अभिव्यक्ति छ।’

उनले सांसद गौतमले भन्न के खोजेको हो ? समाजलाई कता लैजान खोज्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरिन्।

सांसद शर्माले कानून जानेको भन्ने र कानून बनाउने ठाउँमा रहेको एकजना महिला सांसदले बलात्कारजस्तो अपराधलाई सामान्यीकरण गर्न खोजेकोमा आपत्ति जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ