२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा नाइके चक्रेको बयान: म एमाले राजनीतिमा सक्रिय छु, युवालाई भेला गर्नु गल्ती भयो

२९ श्रावण २०८२, बुधबार १६:४६

काठमाडौँ | गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा विचाराधीन छ र बयान भइरहेको छ।

चक्रेसहित उनीहरूलाई महाराजगन्जस्थित होटल साम्बालाबाट १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमा समातिएको थियो । सुरुमा ४७ जनालाई पक्राउ गरिएको थियो भने २८ जनालाई पछि छाडिएको थियो । प्रहरीले चक्रेको जन्मदिनको पार्टीमा होहल्ला गरेको भन्दै उनीहरूलाई समातेको बताएको थियो ।

चक्रेले प्रहरी समक्ष बयान दिँदै आफूले कुनै गुण्डागर्दी नगरी सामाजिक सेवा र पार्टीगत कामका साथीहरूसँग जन्मदिन मनाएको बताएका छन्। उनले भनेका छन्, ‘हामीले सार्वजनिक स्थानमा भेला जम्मा भई केक मात्र काटी रमाइलो गरेका थियौं । तर धारिलो हतियार प्रदर्शन गर्ने, सार्वजनिक आवगमनमा नै अवरोध खडा गर्ने जस्ता कार्यहरू गरेको थिएन, छैन । यसरी ठूला संख्यामा युवाहरूलाई भेला जम्मा गरी आफ्नो जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु नै मेरो गल्ती भयो ।’

उनले आफू हाल नेकपा एमाले पार्टीको गोरखास्तरीय पार्टीको सदस्य भई पार्टीगत रुपमा नेपालको विभिन्न वडा क्षेत्रमा आयोजना हुने कार्यक्रम र सामाजिक सेवामा सहभागी हुनेगरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य