२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस प्रकरण : मालपोत प्रमुख अधिकृतविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता

२०८२, २९ श्रावण बुधबार १७:०२

काठमाडौँ | भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि २४ लाख ५० हजार घुस माग गरेको अभियोगमा प्रमुख मालपोत अधिकृतविरुद्ध आरोप पत्र दर्ता भएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीबाट उजुरीका आधारमा अनुसन्धान गर्दै उक्त कार्यालय परिसरबाट दुबै जनालाई सो रकमसहित नियन्त्रणमा लिएको हो। टोलीले आचार्य र राउतको मोबाइल डिभाइस तथा उक्त रकम बरामद गरेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरूद्वारा साविक चाँगुनारायण गाविस वडा नं. ५ ख स्थित १४–४–०–० क्षेत्रफलको जग्गामा मोही बाँडफाँड÷नामसारीका लागि सहज वातावरण बनाइदिने बहानामा सेवाग्राहीसँग मिलेमतोमा घुस माग गरिएको पुष्टि भएको आयोगको ठहर छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आरोपीद्वयले पूर्व योजना अनुसार २४ लाख ५० हजार घुस लिएको पुष्टि भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो। उनीहरूलाई उक्त ऐन अनुसार कैद र बिगो अनुसार जरिवानाको मागदाबी गरिएको छ।

अख्तियारले सम्पत्ति हिनामिना तथा पदको दुरुपयोगजस्ता घटनाप्रति शून्य सहनशीलता अपनाउँदै सत्यतथ्यमा आधारित कारवाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी