२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदको लोभ भएको भए म रामहरिलाई सभापति बन्न नदिएर पहिल्यै बन्थे: शर्मा

२०८२, ३० श्रावण बिहीबार १३:२०

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गदै शर्माले आफू समितिको सभापति बन्न इच्छुक नरहेको बताएका हुन् ।

उनले भने, ‘मलाई सभापति बन्नु थियो भने त रामहरि खतिवडा बनेपछि पालो पुर्‍याउन मात्रै बन्दिनँ थिए होला नि, पहिल्यै बन्थे । मन्त्री बन्न लाग्थे होला नि । कसैले गलत लेखेर प्रचार गरिदिनुभयो । छलफल गर्दै गर्दा रामहरिजीले छाड्नुपर्छ भनेकै हो। उहाँले राजीनामा दिँदा राम्रो सन्देश गएको पनि छ ।’

उनले समितिको सभापति समितिमै रहेका सदस्यहरूबाट हुने र चाँडै पार्टीले टुङ्ग्याउने बताए ।

शर्माले सरकार बाहिर हुँदा पनि राम्रो कामको कांग्रेसले समर्थन गर्ने गरेको जिकिर गरे । उनले भने, ‘हामी सरकारमा नरहँदा पनि राम्रा कुराको समर्थन गर्छौँ। सरकारमा रहँदा पनि कमजोरीका बारेमा हामी प्रहार गर्छौँ। संसदमा बोल्दै गर्दा होस् वा बाहिर बोल्दा पनि। अहिले हामी सरकारमा छौँ। सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुनुपर्छ भन्नेसँग हाम्रो प्रस्ट विमति छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी