२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले लगायो प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि गम्भीर आरोप

२०८२, ३० श्रावण बिहीबार १४:२४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएको छ। प्रतिनिधिसभा बैठका बिहीबार सम्बोधन गर्दै रास्वपा सांसद चन्दा कार्कीले सांसद चन्दा कार्कीले प्रतिपक्षका आन्दोलनप्रति सरकारले लामो समयदेखि मौन रहँदै आएको आरोप लगाएकी हुन्। उनले अदालतमा राजनीतिक हस्तक्षेप भइरहेको पनि दाबी गरिन्।

यसैगरी उनले प्रधानमन्त्री ओलीले संसद्‌मा भाषण गर्दै अदालतमा आफ्नै पार्टीका न्यायाधीश राख्ने र निर्णय वफादारीमा हुने कुरा स्वीकार गरेको बताइन्। ‘आज प्रधानमन्त्री आफैँ अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुहुन्छ’, उनले भनिन्।

गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि पनि कार्कीले प्रश्न उठाइन्। रूपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दामा उजुरी तयार पारिएको र गृहमन्त्रीकै सचिवालयमार्फत प्रतिलिपि पठाइएको दाबी कार्कीको छ। उनले भनिन्, ‘गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्री ज्यू कै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएका सूचना र समाचार छरपष्ट बाहिरिएका छन्।’

यसबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति पनि सार्वजनिक भइसकेको सांसद कार्कीले बताइन्।

सांसद कार्कीले प्रधानमन्त्री र कानुनमन्त्रीमाथि पनि न्यायाधीशलाई फोन गरेर हस्तक्षेप गरेको आरोप लगाइन्। उनले न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक प्रक्रिया प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद कार्कीले संसद्को रोस्ट्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि आलोचना गरिन्। उनले भनिन्, ‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो। संसद् र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म जवाफ दिन चाहदिनँ किनभने ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छन्।’

उनले सुशासनको भाषण दिनुनअगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्न प्रधानमन्त्रीसँग आग्रह गरिन्। यसैगरी उनले आफूहरू सत्य र न्यायको लडाइँ लड्दै रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेको बताइन्।

उनले भनिन्, ‘हामी सत्य र न्यायका लागि लडिरहेका छौँ। रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेका छौँ। उहाँको स्वास्थ्य र सुरक्षाप्रति हामी गम्भीर छौँ। यो केवल रविको मुद्दा होइन यो लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासको मुद्दा हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी