२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोचक बन्दै रुपन्देही-३ को चुनाव:बालेनका कानुनी सल्लाहकार पनि चुनाबमा हुमिदै

२०८२, ३० श्रावण बिहीबार १५:५९

अधिवक्ता ओमप्रकाश अर्यालले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीनिकटका अनुसार आफ्नो उम्मेदवारीलाई अन्तिम रूप दिन अर्याल तीव्र लबिङ गरिरहेका छन् । गुल्मीमा जन्मेका अर्याल पछि बुटवल बसाइँ सरेका थिए । उनी हाल ललितपुरमा बस्दै आएका छन् ।

अर्यालको उक्त तयारीले रुपन्देहीको चुनाव थप रोचक हुने अनुमान गरिएको छ । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनका कानुनी सल्लाहकार हुन् । महानगरविरुद्धका मुद्दाहरूमा अर्यालले कानुनी र रणनीतिक सल्लाह प्रदान गर्दै आएका थिए । स्रोतका अनुसार चुनावकै लागि उनी केही समयअघि नै उक्त जिम्मेवारीबाट अलग भइसकेका छन् । सार्वजनिक सम्पत्ति संरक्षण जगेर्नामा अर्याल विगतदेखि नै सक्रिय छन् ।

अर्यालले कुनै पनि राजनीतिक दलहरूको समर्थनबिना चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।उनले रपन्देहीको चुनावलाई प्रभावमा पार्न सक्ने काठमाडौंका प्रभावशाली व्यक्तिहरूसँगको भेटघाट तीव्र पारिरहेका छन् भने उक्त क्षेत्रका मतदाताहरूसँग पनि प्रतिक्रिया लिइरहेका छन् ।

रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो । उनी चुनावअघिदेखि नै पोस्ट–कोभिड संक्रमणले थला परेका थिए । रुपन्देही– ३ मा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत दलहरूले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने पक्कापक्कीजस्तै भएको नेताहरूले जानकारी दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसले उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको छ भने रास्वपा पनि उम्मेदवार छनोटको प्रक्रियामा छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना