२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा नक्कली कागजात भेटिए : सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

३० श्रावण २०८२, बिहीबार १६:४३

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाइने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय लिइएको हो ।

 

‘कतिपयको कागजातमा कैफियत देखिन्छन्, एनओसी नक्कली हुन्थ्यो । अहिलेसम्म त्यस्तो अवस्थामा फिर्ता पठाएर यत्तिकै छाड्ने गरिएको थियो,’ उनले भने, ‘अब चाहिँ फिर्ता हुनेहरुलाई प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ ।’ त्यसअन्तरगत शंकास्पद कागजात भएका दुई जनालाई बिहीबार मात्र जिम्मा लगाइएको छ । विभागका निर्देशक टिकाराम ढकालका अनुसार, भिजिट भिसाका नाममा भएको विकृतिलाई सुधार गर्ने अभियान अन्तरगत यो निर्णय लिइएको हो ।

 

‘विमानस्थलमा एक सय बढी एजेन्सी खटिएका छन्, त्यहाँ एयरलाइन्सदेखि प्रहरीसम्मले पनि कुनै विषयमा कैफियत देखिए फिर्ता गर्छन्,’ उनले भने, ‘तर, अधिकांश समय मानिसहरुलाई अध्यागमनले फिर्ता गर्‍यो भन्ने पर्ने गर्छ ।’ त्यसका लागि कसैलाई फिर्ता गर्दा त्यसको कारणसमेत खुलाएर कागज अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको ढकालले बताए ।

विभागका महानिर्देशक तिवारीले जिम्मेवारी सम्हालेयता अध्यागमनमा मात्र सुधार गरेर भिजिट भिसाका नाममा देखिएको समस्या समाधान नहुने भन्दै विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । त्यही छलफलपछि यी निर्णयहरु लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट