२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा नक्कली कागजात भेटिए : सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

२०८२, ३० श्रावण बिहीबार १६:४३

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाइने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय लिइएको हो ।

 

‘कतिपयको कागजातमा कैफियत देखिन्छन्, एनओसी नक्कली हुन्थ्यो । अहिलेसम्म त्यस्तो अवस्थामा फिर्ता पठाएर यत्तिकै छाड्ने गरिएको थियो,’ उनले भने, ‘अब चाहिँ फिर्ता हुनेहरुलाई प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ ।’ त्यसअन्तरगत शंकास्पद कागजात भएका दुई जनालाई बिहीबार मात्र जिम्मा लगाइएको छ । विभागका निर्देशक टिकाराम ढकालका अनुसार, भिजिट भिसाका नाममा भएको विकृतिलाई सुधार गर्ने अभियान अन्तरगत यो निर्णय लिइएको हो ।

 

‘विमानस्थलमा एक सय बढी एजेन्सी खटिएका छन्, त्यहाँ एयरलाइन्सदेखि प्रहरीसम्मले पनि कुनै विषयमा कैफियत देखिए फिर्ता गर्छन्,’ उनले भने, ‘तर, अधिकांश समय मानिसहरुलाई अध्यागमनले फिर्ता गर्‍यो भन्ने पर्ने गर्छ ।’ त्यसका लागि कसैलाई फिर्ता गर्दा त्यसको कारणसमेत खुलाएर कागज अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको ढकालले बताए ।

विभागका महानिर्देशक तिवारीले जिम्मेवारी सम्हालेयता अध्यागमनमा मात्र सुधार गरेर भिजिट भिसाका नाममा देखिएको समस्या समाधान नहुने भन्दै विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । त्यही छलफलपछि यी निर्णयहरु लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी