२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगा सुरुङमार्गमा यात्राको शुल्क सार्वजनिक, मोटरसाइकललाई प्रवेश निषेध

३० श्रावण २०८२, बिहीबार १७:५२

काठमाडौँ | सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर रकम तोकेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सुरुङमार्गको उपभोग दस्तुर तोकिएको हो ।

कार र भ्यान काठमाडौं आउँदा प्रत्येकपल्ट ६५ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । ठूला बस र ट्रक काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार, भारी उपकरण काठमाडौं ल्याउँदा ६०० र लैजाँदा २५० रुपैयाँ तोकिएको छ ।

सुरुङमार्गबाट मोटरसाइकल चलाउन नपाइने व्यवस्था गरिएको छ । सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढिलोमा एक वर्षभित्र सुरुङमार्ग सञ्चालनमा ल्याइने उनले बताए । सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो छ । सुरुङमार्ग ०७६ कात्तिक ४ गतेदेखि निर्माण थालिएको थियो । ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोरोना तथा स्थानीयको अवरोधका कारण म्याद थपिएको थियो ।

सोहीअनुसार सरकारले पटक–पटक म्याद सम्झौता गरेको छ । पहिलो सम्झौताअनुसार सुरुङमार्गको कार्य सम्पन्न भएन । त्यसपछि पहिलोपटक ०८० असार मसान्तसम्म समय थपिएको थियो । ०८१ वैशाख १३ सम्म म्याद थपिए पनि काम सकिएन । आयोजनासँग अब ०८२ असोजसम्म म्याद छ ।

आयोजना सुरू गर्दा ४२ महिनामा सकाउने लक्ष्य थियो । सुरुङमार्ग निर्माणपछि सिस्ने खोलाबाट बलम्बु करिब सात मिनेटमा यात्रा गर्न सकिने आयोजनाले जनाएको छ । सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न औसत ३३ मिनेट बढी लाग्ने गरेको छ । मुख्यसँगै आपत्कालीन सुरुङ समेत निर्माण गरिँदै छ । आपत्कालीन सुरुङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सुरुङ निर्माण गरिएको हो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो । यसको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । सुरूङमार्ग निर्माण गर्न जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै