२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देही उप–निर्वाचनमा ‘बालेन तरङ्ग’-बालेन सचिवालयले मुख खोल्यो ,के भन्यो त ?

३१ श्रावण २०८२, शुक्रबार १५:१०

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

प्रमुख दलहरूले प्रतिष्ठाको विषय बनाएको यस निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम जोडिएपछि चुनावी माहौल थप तरङ्गित बनेको हो । मेयर शाहका सल्लाहकारहरूले उम्मेदवारीमा चासो देखाएपछि बालेनको समर्थन कसलाई भन्ने विषयले रुपन्देहीको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।

एकातिर बालेनका निकटस्थहरूले उनको नाम लिँदै चुनावी मैदानमा होमिने तयारी गरिरहँदा, मेयर शाहको सचिवालयले भने आधिकारिक रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘उहाँहरू दुवै जनाको भूगोल त्यही क्षेत्र भएको र महानगरसँग जोडिएकोले चर्चा हुनु स्वाभाविक हो, तर हामीले कसैलाई आधिकारिक रूपमा उम्मेदवार घोषणा गरेका छैनौँ ।’

यस्तै, बालेनका सचिवालय सदस्य तथा भौतिक पूर्वाधार सल्लाहकार इन्जिनियर सुनिल लम्साल हाल रुपन्देहीमै छन् । उम्मेदवार सन्तोष गिरीसँगै देखिएका उनले पनि बालेन टिमको तर्फबाट कुनै उम्मेदवारी नरहेको बताए । ‘मेरो घर नै रुपन्देही हो, त्यसैले यतै छु, चुनावको लागि आएको होइन। बालेन टिमको उम्मेदवारीको हल्लामा सत्यता छैन, त्यस्तो केही निर्णय भएको छैन,’ लम्सालले भने ।

बालेनको नाम जोडिएका स्वतन्त्र उम्मेदवारहरूको प्रवेशले यो निर्वाचन थप रोचक बनेको छ । एकातिर दलहरूको संगठनात्मक शक्ति र अर्कोतिर बालेन ‘फ्याक्टर’ बोकेका स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले रुपन्देही–३ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान