२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देही उप–निर्वाचनमा ‘बालेन तरङ्ग’-बालेन सचिवालयले मुख खोल्यो ,के भन्यो त ?

२०८२, ३१ श्रावण शुक्रबार १५:१०

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

प्रमुख दलहरूले प्रतिष्ठाको विषय बनाएको यस निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम जोडिएपछि चुनावी माहौल थप तरङ्गित बनेको हो । मेयर शाहका सल्लाहकारहरूले उम्मेदवारीमा चासो देखाएपछि बालेनको समर्थन कसलाई भन्ने विषयले रुपन्देहीको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।

एकातिर बालेनका निकटस्थहरूले उनको नाम लिँदै चुनावी मैदानमा होमिने तयारी गरिरहँदा, मेयर शाहको सचिवालयले भने आधिकारिक रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘उहाँहरू दुवै जनाको भूगोल त्यही क्षेत्र भएको र महानगरसँग जोडिएकोले चर्चा हुनु स्वाभाविक हो, तर हामीले कसैलाई आधिकारिक रूपमा उम्मेदवार घोषणा गरेका छैनौँ ।’

यस्तै, बालेनका सचिवालय सदस्य तथा भौतिक पूर्वाधार सल्लाहकार इन्जिनियर सुनिल लम्साल हाल रुपन्देहीमै छन् । उम्मेदवार सन्तोष गिरीसँगै देखिएका उनले पनि बालेन टिमको तर्फबाट कुनै उम्मेदवारी नरहेको बताए । ‘मेरो घर नै रुपन्देही हो, त्यसैले यतै छु, चुनावको लागि आएको होइन। बालेन टिमको उम्मेदवारीको हल्लामा सत्यता छैन, त्यस्तो केही निर्णय भएको छैन,’ लम्सालले भने ।

बालेनको नाम जोडिएका स्वतन्त्र उम्मेदवारहरूको प्रवेशले यो निर्वाचन थप रोचक बनेको छ । एकातिर दलहरूको संगठनात्मक शक्ति र अर्कोतिर बालेन ‘फ्याक्टर’ बोकेका स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले रुपन्देही–३ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी