2026-07-24 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प–पुटिन वार्तामा कसले के भने ,के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रूस–युक्रेन युद्ध अन्त्य गर्नेबारे बहुप्रतिक्षित वार्ता अलास्कामा सम्पन्न भएको छ । वार्तापछि दुवैले रूस–युक्रेन युद्धमा सम्भावित युद्धविरामका लागि सम्झौतातर्फ महत्त्वपूर्ण प्रगति भएको बताएका छन् ।

तर, शुक्रबार अलास्काको एन्कोरेजमा भएको उच्च जोखिमपूर्ण शिखर सम्मेलनमा अन्तिम सम्झौता नभएको सीबीएस न्युजले जनाएको छ ।

ट्रम्पले वार्तालाई ‘अत्यधिक फलदायी’ भने पनि दुई नेताहरूबीच करिब तीन घण्टाको वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा ‘सम्झौता नभएसम्म सम्झौता हुँदैन’ भन्ने अभिव्यक्ति दिए ।

के सहमति भयो र कुनकुन मुद्दामा अझै समाधान हुन बाँकी छ भन्ने जानकारी दिइएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै बुँदाहरूमा सहमति भएको तर केही बाँकी रहेको बताए । यद्यपि, उनले थप प्रगतिको लागि धेरै राम्रो सम्भावना भएको बताए ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सधैँ उत्कृष्ट सम्बन्ध रहेको बताए । उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित नेटो सहयोगीहरूलाई सम्पर्क गर्नेछन् । उनले सम्झौता अन्ततः उनीहरूमा निर्भर रहेको र उनीहरूले सहमत हुनुपर्ने बताए ।

ट्रम्पले धेरै प्रगति भएको तर सम्झौतामा नपुगेको बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धलाई दुःखद घटनाका रूपमा वर्णन गर्दै द्वन्द्व अन्त्य गर्न इच्छुक रहेको बताए । तर, उनले रुसले द्वन्द्वका प्रमुख कारणहरूलाई हटाउन आवश्यक रहेको बताए । उनले युक्रेन र युरोपले वार्तालाई नबिगार्न चेतावनी दिए ।

पुटिनले बैठकलाई द्वन्द्वको समाधानको सुरुआती बिन्दुका रूपमा वर्णन गरे । उनले ट्रम्पसँगको आफ्नो सम्बन्धलाई व्यावसायिक भएको बताए ।

ट्रम्पले रुसी नेतासँग चाँडै फेरि भेट्ने सम्भावना रहेको बताए । यसमा पुटिनले जवाफ दिए, “अर्को पटक मस्कोमा भेट हुनेछ ।”

ट्रम्प र पुटिनले सैन्य बेस एल्मेन्डोर्फ–रिचर्डसनमा भेट गरेका थिए । ट्रम्प र पुटिनबीच सन् २०१९ पछिको पहिलो आमनेसामने भेट थियो । पुटिनको अमेरिकी राष्ट्रपतिसँगको पहिलो भेट थियो जुन उनको सेनाले सन् २०२२ मा युक्रेन आक्रमण गरेपछि भएको थियो ।

रुसी नेताले ट्रम्प दोस्रोपटक राष्ट्रपति भएपछि फोनमा कुराकानी गरेका भए पनि व्यक्तिगत रूपमा भेटेका थिएनन् ।

ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न सम्झौता हासिल गर्न महिनौँदेखि प्रयास गरिरहेका छन् । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शुक्रबारको शिखर सम्मेलनमा आमन्त्रित गरिएको थिएन । त्यसैले युद्धविराम सम्झौता हासिल हुने अपेक्षाहरू कम थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक