२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठनको सुरुवातमै बागमती प्रदेशका मुख्यमन्त्री विवादमा

२०८२, ३२ श्रावण शनिबार १६:४८

काठमाडौँ । बहादुरसिंह लामालाई अपदस्त गरेर बनेको बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार गठनको सुरुदेखिनै विवादमा तानिएको छ। साउन ९ गते नेपाली कांग्रेस संसदीय दलका नेता विरुद्ध अविश्वास प्रस्ताव पेस गर्दै सरकारको नेतृत्वमा पुगेका बानियाँ आफ्नै शैलीका कारण आलोचनामा परेका छन्।

सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन्।

सुना परियारको उपेक्षा

लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने बेला अग्रपंक्तिमा देखिएकी नेपाली कांग्रेस प्रदेशसभा सदस्य सुना परियार नयाँ सरकार गठनमा भने उपेक्षित बनेकी छन्। दलित समुदाय र समावेशीताको पक्षमा नरन्तर आवाज उठाउँदै आएकी परियारलाई मन्त्रिपरिषदमा स्थान नदिएको भन्दै बानियाँविरुद्ध गुनासो बढेको छ।

बानियाँले दलित र जनजातिको नाम भजाएर सत्ता कब्जा गरे पनि व्यवहारमा त्यही समुदायलाई उपेक्षा गरेको आरोप लगाइएको छ। संघीय राजधानी काठमाडौंबाट प्रतिनिधित्व गर्ने परियारलाई मन्त्री बनाउन अस्वीकार गरिएकोमा कांग्रेसभित्र नै असन्तोष बढेको छ।

केन्द्रीय नेताको दबाब ?

स्रोतका अनुसार परियारलाई मन्त्री बनाउन पार्टी सभापति शेरबहादुर देउवाले समेत हरियो झण्डा देखाएका थिए। तर विदेश भ्रमणमा रहेका कांग्रेस नेता प्रकाशशरण महतले माया श्रेष्ठ, गीता गुरुङ र सुना परियारलाई मन्त्री नबनाउन निर्देशन दिएको आरोप लागेको छ। अन्तिम समयमा परियारको नाम सूचीबाट हटाइएपछि असन्तोष झन् बढेको बताइन्छ।

दलित समुदायको आवाज

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ मध्ये २७ सांसद छन्। तर दलित समुदायबाट निर्वाचित एक मात्र सांसद सुना परियारलाई नै उपेक्षा गरिएकोमा दलित संघ र अन्य संगठनहरूले आपत्ति जनाएका छन्। समान हक अधिकार र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भन्दै उनीहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका छन्।

विश्वासको संकट

बानियाँले अविश्वास प्रस्ताव अघि सबै सांसदलाई मन्त्री बनाइने आश्वासन दिएको तर अहिले प्रतिवद्धता पुरा नगरेको भन्दै असन्तुष्ट सांसदहरू खुलेरै बोल्न थालेका छन्। ‘राजनीतिमा इमान्दारिता र विश्वासको कुरा गर्ने मुख्यमन्त्रीले नै न इमान्दारिता देखाए, न विश्वास दिलाउन सके।’ एक सांसदले भने। यसरी आफ्नै पार्टीभित्र असन्तोष बढ्दै जाँदा बानियाँ सरकार सुरुवाती दिनमै विवादमा तानिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना