प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उ"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध: गृह राज्यमन्त्री श्रेष्ठ

१ आश्विन २०७४, आईतवार ०५:४७


प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उहाँले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन र अन्य निर्वाचन निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन सरकार लागि परेको बताउनु भयो । 

 गृह राज्यमन्त्री श्रेष्ठले राजनीतिक स्थायित्व र दिगो विकासका लागि संविधान कार्यान्यन गर्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयमा नै सम्पन्न गरिने धारणा राख्नुभयो ।

रामेछाप सांस्कृतिक कलाकार समाजले शनिवार राजधानीमा आयोजना गरेको दशैको शुभकामना तथा सष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिल्लाका सबै व्यक्तित्वलाई काठमाडौंमा एउटै मञ्चमा कला,साहित्यको माध्यमबाट जोड्न सफल भएको बधाई दिनुभयो ।

उहाँले रामेछापलाई सक्षम, समृद्ध र शान्त बनाउन राजनीतिक दलहरुले मात्र सम्भवन नहुने भएकाले सबै रामेछापवासी एकजुट बन्नपर्ने धारणा राख्नुभयाे । उहाँले भन्नुभयो- "जिल्लाको विकास निर्माणमा बजेट विनियोजन भएपनि राजनीतिक खिचातानीले कार्यान्वयन हुन नसक्नु दुखद हो, मिलेर अगाडि बढौ ।"


श्रेष्ठले हाल विद्युतिकरण सबै क्षेत्रमा विद्युतिकरण प्रकृया अगाडि बढेको बताउदै जिल्लालाई कृषि, पर्यटन र जलविद्युतको क्षेत्रलाई विकास गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा सांसद कमला सुवेदी र आङटावा शेर्पाले रामेछाप जिल्लाको विकास निर्माणको कार्यमा सबै एकताबद्ध भएर अगाडि बढनु बताए । उनीहरूले संविधान कार्यान्वयन गराउने सबै जना आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट १० जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा कलाकार बेदबहादुर कार्की, पत्रकार मातृका पौडेल, खेलाडी भावना सुनुवार,अभिनेत्री मिथिला शर्मा, लोक गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, कलाकार अमृत बहादुर सुनुवार र कलाकार राजेन्द्र बहादुर कार्कीलाई सम्मान गरिएको थियो।

कार्यक्रमम रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले रामेछाप जिल्लासँग जोडिएर बिभिन्न ठाउँलाई कर्मथलो बनाउँदै जिल्ला तथा देशलाई नै चिनाएका कलाकारहरुलाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा विभित्र आवाज निकालेर चर्चित बनेका रमेश दुलालसँगै मोडल एलिना रायमाझी, गायिका तथा मोडल सिर्जु अधिकारी, गायिका भुमिका गिरी, साबित्री जोशी, गायक अमृत खाती लगायतका दर्जनौं कलाकारलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ