२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषद्मा बहुमत असम्भव भएपछि सत्ता गठबन्धनको निगाह इन्दिरा रानामाथि

३ भाद्र २०८२, मंगलवार १४:२७

उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्।
दुवै दलले सांसदहरूका हस्ताक्षर संकलन गरिरहेका छन्। संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बहुमत पुर्‍याउन कठिन भएपछि सत्ता गठबन्धनले यो कदम चालेको देखिन्छ।

 

संवैधानिक परिषद्मा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सभामुख देवराज घिमिरे मात्र अनुकूल देखिएका छन्। उपसभामुख इन्दिरा घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल माओवादी पृष्ठभूमिका र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड स्वयं माओवादी अध्यक्ष भएकाले ओलीका लागि अनुकूल परिस्थिति छैन।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई तटस्थ मान्ने हो भने ओलीको विपक्षमा बहुमत पुग्ने जोखिम छ। प्रमुख निर्वाचन आयुक्तसहित केही संवैधानिक पदहरू रिक्त छन्।संसदका दुवै सदनबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले संसदमै फर्काइदिएका छन्। संवैधानिक परिषद् चार वर्षदेखि कानुनी शून्यतामा छ।

यसबीचमा केही प्रधानन्यायाधीश र संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सर्वसम्मतिले गरिएको छ। राष्ट्रपतिले फर्काएको विधेयकमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ।

सदनबाट विधेयक पुनः शीतलनिवास पठाए पनि प्रधानमन्त्रीलाई निर्णय गर्न अफ्ठ्यारो हुने भएपछि उपसभामुख हटाउने निष्कर्षमा सत्ता गठबन्धन पुगेको नेपाली कांग्रेसका एक पदाधिकारीले बताए।

‘संवैधानिक परिषद्बाट निर्णय गर्नै नसकिने भयो,’ ती पदाधिकारीले भने, ‘लामो समय रिक्तता र अनिर्णयमा राखिरहनु उचित हुँदैन। राज्य कहिल्यै पनि विकल्पविहीन बस्नुहुँदैन। त्यसैले अनुकूल परिस्थिति निर्माण गर्न कुनै कदम चाल्नैपर्ने भयो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै