२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून अभावमा कुनै पनि निर्वाचन रोकिँदैन : कानूनमन्त्री

१ आश्विन २०७४, आईतवार ०७:५६

असोज १, पोखरा। कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताउनुभएको छ । 

पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँ वार्षिकोत्सव समारोहमा उहाँले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताउनुभयो । 

सो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिनुभयो । 

‘समाधान’ का प्रधानसम्पादक नारायण कार्कीले आगामी दिनमा निरन्तर रचानात्मक सुझाव तथा सहयोगको माग गर्नुभयो । पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रमा नै अघोषित प्रतिबन्ध जस्तो जर्जरपूर्ण अवस्थामा २०५९ असोज १ देखि समाजलाई सुसूचित गर्ने लक्ष्यका साथ सञ्चालित पत्रिकाले जनताका लागि निरन्तर पत्रकारिता गर्दै आएको बताउनुभयो । 

समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको उत्कृष्ट वितरक सम्मान कृष्ण नेपाली, उत्कृष्ट बजार सम्मान महेन्द्र ढुंगाना र उत्कृष्ट समाचारदाता सम्मान अर्जुन गिरीलाई दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य