२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माओवादीले सिफारिस गर्यो प्रदेश र संघका उम्मेदवार

२०७४, १ आश्विन आईतवार ०९:१२

सम्राट सिंह | असोज १, बझाङ | आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाएको छ । 

उम्मेदवारका आकांक्षीहरु धेरै देखिएपछि आइतबार नेकपा माओवादीको जिल्ला सचिवालय बैठकले उम्मेदवारको निर्णय गरी प्रदेशमा पठाएको हो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ धर्मराज विक र समानुपातिकतर्फ देवराज रेग्मी नाम सिफारिस भएको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ जनक बुढा र बिक्रम खडकाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कलक खडका, हिरा थापा र तुलसी मल्लको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ विपना थापा ,नन्दलाल धामी, जनक जोशी र भीम भण्डारी नाम सिफारिस भएको छ भने समानुपातीकतर्फ आनन्द विक र शान्ति नेपालीको नाम उम्मेदवारका लागि सिफारिस भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खडकाले बताए । प्रदेशले पनि पार्टीमा योगदान, लोकप्रियता, र चुनाव जित्न सक्नेलाई उम्मेदवार बनाउने आशामा रहेको उनको भनाइ छ । 

बझाङ जिल्लाबाट काँग्रेस, एमाले तथा माओवादी केन्द्रबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवार को बन्लान भनेर आम जनमानसको मनमा खुलदुली बढिरहेको बेला माओवादी केन्द्रले भने नाम सिफारिस गरी प्रदेशमा पठाएको छ । 

माओवादी केन्द्रले प्रतिनिधि सभामा सर्वसम्मत उम्मेदवार बनाएपनि प्रदेश सभामा भने सर्वसम्मत हुन नसकेपछि प्रदेशमा पठाएको छ । 

यसैगरी नेपाली काँग्रेस र एमालेमा पनि निर्वाचनमा को भिड्ने भन्नेबारे आन्तरिक छलफल शुरु भइरहेको छ । आन्तरिक छलफल शुरु भइरहेको छ एक साता भित्र उम्मेदवारको टुङगो लाग्ने नेपाली काँग्रेसका जिल्ला सभापती हर्कजंग बहादुर सिंहले बताए । प्रतिनिधि सभामा आफु उम्मेदवार बन्ने निश्चित भइसकेको भन्दै प्रदेशका लागि छलफल भइरहेको उनको भनाइ छ । 

यस्तै एमालेमा पनि प्रतिनिधि सभामा पूर्व वनमन्त्री भानुभक्त जोशी र केन्द्रिय सदस्य भैरव सिंहको नाम चर्चामा आएको छ । प्रदेश सभामा पनि को उम्मेदवार बन्ने भन्नेबारे तिन चार दिन भित्र टुङगो लाग्ने एमाले स्रोतले जनाएको छ । स्थानिय निर्वाचन पछि सुस्ताएको राजनितिक सहगर्मी फेरी बढ्दै गएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त