२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने : पूर्वराष्ट्रपति भण्डारी

५ भाद्र २०८२, बिहीबार १५:५१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने बताएकी छन् । बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् । आफूले अहिले दलहरूले गरेका कामकारबाहीबारे सबै कुरा नजिकबाट हेरिसकेको समेत बताइन् । उनले आफू माले हुँदै एमाले भएको स्मरण गर्दै त्यसवेला मार्क्सवादी र मालेबिच एकता भएर नेकपा एमाले भएको बताइन् ।

एउटा निश्चित दर्शनबाट अभिप्रेरित पार्टी बन्ने भन्दै अहिले पूर्ण लोकतन्त्रको युगमा प्रवेश गरे पनि जनताका इच्छाआकांक्षा पूरा हुन नसकेको भण्डारीले बताइन् । उनले पार्टीभित्र विकृति विसङ्गति फस्टाएको भन्दै त्यसलाई समाधान गर्न नसकेको बताइन् । ‘राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने हो । संस्थागत हिसाबले सिस्टम र प्रणालीमा जान सकेका छैनन् । राज्य संयन्त्र पनि प्रणालीमा सञ्चालनमा हुन सकेका छैनन्’, उनले संसद् नै निरीह थलो बनेको गुनासो गरिन् ।

उनले दलहरूले संविधान संशोधन गर्ने भनेर सहमति गरे पनि समस्याको समाधान गर्न छलफल हुन नसकेको भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरूले आदर्श अनुसार काम गर्नुपर्ने बताइन् । उनले कसैले आरोप लगाउँदैमा निलम्बन हुने कुरा लोकतान्त्रिक नहुने भण्डारीको भनाइ छ । ‘संसदका केही ठुला दलका नेताहरू निलम्बन यात्रा भोगिरहेका छन् । जनताले निर्वाचित गरेकाहरु प्रमाणित नभएसम्म दोषी हुँदैन तर पनि निलम्बन भइरहेको छ’, भण्डारीले शिक्षासम्बन्धी राम्रो कानुन बन्न नसकेको बताइन् । नयाँ पुस्ताको अपेक्षा अनुसार शिक्षा नीति बन्नुपर्ने भन्दै उनले कपिपेस्ट शिक्षाले पलायनतिर धकेल्ने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो