2026-07-25 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेव गौतमले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी बहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताए

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् । उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’

नेता गौतमले समाजवादीका नेताहरु काठमाडौँ केन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर्ने बताए । ‘काठमाडौं उपत्यका भित्र समाजवादीका नेताहरु छन् । थल्लो तहमा त निश्चय पनि नेताहरु छैनन् । तल्लो तहमा नेता छैन भन्ने मलाई लागेको पनि छ । त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले भने । यस्तै उनले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी बहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक