२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र एमाले अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन् : सांसद सापकोटा

२०८२, ११ भाद्र बुधबार १४:५६

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सापकोटाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरे।

उनका अनुसार सत्तारूढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न सकेका छैनन्। उनले माओवादी केन्द्रको स्पष्ट दृष्टिकोण प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानु रहेको दोहोर्‍याए। सापकोटाले सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सकिए विधायिका काम प्रभावकारी हुने तर्क गरे। उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे गरिँदै आएको बहस अन्त्यहीन हुन्छ। कांग्रेस र एमाले आजै तयार भए भने पनि यो ठूलो कुरा होइन। तर ती दुई पार्टी अझै तयार छैनन्। हाम्रो स्पष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसद मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजका समस्याको समाधान सम्भव हुन्छ भन्ने हो।’

सापकोटाले संविधानलाई समयानुकूल संशोधन गरी जनतामुखी बनाउन माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदलाई मन्त्री बन्न नदिने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई दीर्घकालीन दृष्टिकोणका रूपमा अघि सारिरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल