काठमाडौँ | नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदको शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
समिति सभापतिमा उनको मात्रै उमेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी थिइन् । निवर्तमान सभापति रामहरि खतिवडा ‘कुलिङ अफ पिरियड’सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए । रिक्त सभापतिका लागि कांग्रेसले न्यौपानेलाई अघि सारेको थियो । न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपानेले सभामुखसँग शपथग्रहण गरेसँगै आजै कार्यभार सम्हालेकी छन् ।