२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले रास्वपा आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने प्रक्षेपण गरे

१२ भाद्र २०८२, बिहीबार १७:५०

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने प्रक्षेपण गरेका छन् । बिहीबार माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले रास्वपामाथि राजनीतिक प्रतिशोध साँधेका कारण जनताको सहानुभूति रास्वपाप्रति बढेको विश्लेषणसमेत गरेका छन्।

‘कांग्रेस, एमालेको ज्यादतीका विरुद्ध, राजनीतिक प्रतिशोधका विरुद्ध रास्वपाप्रति जनताको सहानुभूति बढेको छ,’ प्रचण्डले भने, ‘अहिलेको पोजिसन मैले हेर्दा ८४ मा रास्वपा पहिलो पार्टी हो ।’उनले रास्वपाको उदय सामाजिक सञ्जाल र टिभी प्रस्तुतिबाट अचानक भएको स्मरण गर्दै गत चुनावमा समानुपातिक मतमा माओवादी केन्द्रको हाराहारीमा आउनुलाई महत्त्वपूर्ण राजनीतिक घटनाको रूपमा व्याख्या गरे । ‘उनीहरूको समानुपातिक मत झण्डै–झण्डै माओवादी केन्द्रको हाराहारी आयो’, उनले भने, ‘सरकार बनाउने र भत्काउने क्रममा त्यो नयाँ पार्टी निर्णायक हुने भएपछि हामीले सकेसम्म हामीतिर राख्ने कोसिस गर्‍यौं ।’

प्रचण्डले केपी शर्मा ओली र शेरबहादुर देउवाको गठबन्धन बनेको बेला रास्वपालाई एकढिक्का प्रतिपक्षमा उभ्याउन आफूहरूकै मुख्य भूमिका रहेको दाबी गरे । रास्वपाका सांसदहरू राजीनामा दिएर स्वतन्त्र बस्ने मनस्थितिमा पुगेका बेला सबै पार्टीसँगको सल्लाहमा उनीहरूलाई बलियो प्रतिपक्षको रूपमा उभ्याइएको बैठकमा उनले बताएका छन् । ‘त्यो गठबन्धनका विरुद्ध राम्रो राजनीतिक हस्तक्षेप भएको थियो’, प्रचण्डले भने, ‘उनीहरू राजीनामा दिन आएका थिए, तर हामीले प्रतिपक्षमा उभ्यायौं ।’

प्रचण्डले वर्तमान सरकारले रास्वपामाथि बढी नै प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा माओवादी केन्द्रले कांग्रेस–एमाले जस्तै आलोचनामा उत्रिनुभन्दा थोरै सहानुभूति देखाउँदा माओवादीकै राजनीतिक ग्राफ बढ्ने तर्क गरे । उनले रास्वपाका नेता जेलमा रहँदा आफूले ‘अभिभावक’को भूमिका निर्वाह गर्दै भेट्न गएको र त्यसले जनतामा सकारात्मक सन्देश गएको दाबी गरे । ‘मेरो क्याबिनेटमा दुईपटक उपप्रधानमन्त्री भएको मान्छे जेलमा बस्दा अभिभावकको हैसियतले मैले भेट्न नपाउने ? भनेर बोल्दा जनतामा हामी अभिभावक हौं भन्ने सन्देश गयो,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी कुनै पनि हालतमा कांग्रेस र एमालेको कित्तामा नउभिने स्पष्ट पारे । उनले सबै षड्यन्त्र कांग्रेस र एमालेले मिलेर गरिरहेको आरोप लगाउँदै आगामी दिनमा घटनाक्रम हेरेर अघि बढ्ने पनि बैठकमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो