काठमाण्डौ । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।