२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन् : पूर्वअर्थमन्त्री वर्षमान पुन

२०८२, १३ भाद्र शुक्रबार १२:०४

काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएको बताएका छन्।‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमासमेत भूमिका खेलेको भन्दै खेलाडीको प्रशंसा गरे।

‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरू मुलुकका गौरब हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ।’उनले समाजको सबै क्षेत्रले खेलाडीहरुलाई रोल मोडलका रुपमा लिने गरेको बताए । पछिल्लो समय क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालजस्ता खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको उनको भनाइ थियो।

शारीरिक र मानसिक रुपले तन्दुरुस्त नागरिक तयार गर्न खेल क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा खेलाडीको व्यवसायिकता वृद्धि गर्नुपर्नेमा पुनले जोड दिए। पुनले विद्यालय र क्याम्पसमा विद्यार्थी हुँदा आफू पनि फुटबल र भलिवल खेलाडी रहेको स्मरण गरे। पुनले भक्त राना नेपालको गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका साथै खेल प्रेमीसमेत रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना