Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक तास सहित नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।