2026-07-24 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकलाई चुनौती दिने खालको कुनै पनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ | उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकलाई चुनौती दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनै पनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताए ।

राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराधहरू नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताउनुभयो। उहाँले नेपाललाई आर्थिक रूपमा ग्रे लिस्टमा नपर्ने सुनिश्चितता पनि दोहोर्‍याए । उपप्रधानमन्त्री पौडेलले भने, ‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ। सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी विश्वका साझा प्रयासहरू पनि त्यसैका अभिव्यक्तिहरू हुन्। हाम्रो राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराधहरू नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरूसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ। त्यस हिसाबका प्रयासहरू छन्। यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु।’

त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाइ व्यहोरिरहे पनि समस्यामा जेलिएको अवस्था नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक