2026-06-30 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ: कानुनमन्त्री चौरसिया

काठमाडौँ | कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको बताउनुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बलपूर्वक बेपत्ता पारिएका पीडितको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री चौरसियाले भन्नुभयो, “ऐन संशोधन भएपछि दुवै आयोगमा पदाधिकारी आएका छन्, नियमावली संशोधनको अन्तिम चरण छ, मन्त्रिपरिषद्मा पुगेको छ, छिटो न्याय दिन काम गर्नुस्, सरकार सहयोग गर्न तयार छ ।”

सङ्क्रमणकालीन न्यायसम्बधी ऐन संशोधन भएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीसमेत आइसकेका छन् । मन्त्री चौरसियाले दुवै आयोगले तीव्र गतिमा काम अघि बढाउनुपर्ने र आवश्यक जनशक्तिका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले सरकारले दुवै आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिन माग गर्नुभयो । उहाँले सङ्क्रमकालीन न्यायसम्बन्धी आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सङ्क्रमणकालीन न्याय प्रक्रिया लामो भएको हुनाले द्वन्द्वका घाउमा मलम लगाउन ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँले द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिको तथ्याङ्कमा एकरूपता नभएकाले तथ्याङ्क एकरूपता गर्ने काम भइरहेको तथा तीव्र रूपमा काम गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा कार्यक्रममा सहभागी पीडितहरुले न्याय प्रक्रियामा ढिलाइ भएको, प्रतिक्षा लामो भएकोलगाययत गुनासो गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ