२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग आग्रह

१३ भाद्र २०८२, शुक्रबार १७:००

काठमाडौँ | नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थिङले चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण नेपालको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रका सन्दर्भमा उल्लेख भएका सन्दर्भमा आवश्यक निष्कर्ष निकाल्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो । सांसद थिङले इम्बोस्ड नम्बर प्लेट गुणस्तरीय नभएको जनगुनासो आइरहेकाले आवश्यक जानकारी दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग माग गर्नुभयो । रास्वपाका सभापति रवि लामिछाने नै भिजिट भिषामा अमेरिका गएको र नेपाली नागरिकता त्याग गरेको सन्दर्भ जोड्दै सहकारी ठगी, नक्कली प्रमाणपत्रलगायत विषयमा आफ्नो धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री ओलीको चीन भ्रमण मुलुकको गौरव बढाउने सन्दर्भमा महत्वपूर्ण सावित होस् भन्ने कामना गर्नुभयो । उहाँले नेपालको भूमि प्राणभन्दा पनि प्यारो रहेको भन्दै चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण परेको प्रभावकारीका बारेमा प्रष्ट धारणा राख्न माग गर्नुभयो । वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रमा सुधार भएको, निराशालाई चिरेर आशामा बदल्ने, सुशासन कायम गर्दै विकास तथा समृद्धिको अभियानलाई अगाडि बढाएको र सफलता हासिल गरेको उल्लेख गर्नुभयो ।

सांसद गिरीले मुलुकको आर्थिक वृद्धि सकारात्मक ढङ्गले अगाडि बढेको, विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएको, महँगी नियन्त्रण भएको, वैदेशिक लगानीमा वृद्धि भएको तथ्यलाई नजरअन्दाज गरेर आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गलत प्रचार भएको बताउनुभयो । सरकारले गरेका राम्रा कामको फेहरिस्त पेस गर्दै उहाँले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सफल भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो