काठमाडौँ | राष्ट्रिय सभाको विधायन समितिको बैठकमा निजामति सेवा विधेयकको कुलिङ पिरियडमाथि छलफल जारी छ । आज बिहान १० बजेदेखि समितिको कक्षमा सुरु भएको बैठकमा सांसदहरुले कुलिङ पिरियडबारे प्रश्न गरेका थिए ।
बैठकमा सांसदहरुले कर्मचारीमा कुलिङ अफ पिरियड राख्ने वा नराख्ने भन्नेबारे छलफल गर्दै यसलाई टुंग्याउनु पर्ने बताएका छन् । बैठकमा सांसद आनन्दप्राद ढुंगानाले कुलिङ पिरियर २ वर्षको राख्नु पर्ने बताएका थिए । यस्तै, गंगा बेलबासेको पनि कुलिङ पिरियड राख्नुपर्ने भनाइ छ । बैठकमा राधेश्याम पासवानले पनि आफ्नो भनाइ राखेका थिए ।
सांसदहरुले कुलिङ पिरियडमा छलफल गर्न थालेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको छ । अनौपचारिक छलफलपछि पुन: बैठकमा यसैबारे छलफल हुनेछ ।