2026-09-13 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ | देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सप्तरीका १९ वर्षीय रञ्जित मेहता डाईजेपाम, प्रोमेथाजिन र बुप्रेनोर्फिन गरी ३४०–३४० एम्पुलसहित पक्राउ परेका छन् । राजबिराजबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–६ नागेश्वर गल्लीबाट सिन्धुपाल्चोकका २३ वर्षीय सुरज रसाईली ट्रामाडोल १९० ट्याब्लेटसहित पक्राउ परेका छन् । बाँकेको खजुराबाट बर्दियाका २० वर्षीय प्रसान्त चौधरी र गुलरियाका २२ वर्षीय निरज परियार ४०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परे भने सुनसरीको इनरुवाबाट मोरङका २८ वर्षीय हेमराज विक ४ ग्राम ५० मिलिग्राम सोही पदार्थसहित पक्राउ परेका छन्। भोजपुर नगरपालिका–९ बाट रिजन श्रेष्ठ र सनुप राई १५ ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा छुट्टाछुट्टै घटनामा ३५ वर्षीय बिरबहादुर रावल, ३२ वर्षीय मोहन मल्ल, २३ वर्षीय बिजय विक र २२ वर्षीय प्रदिप राना खैरो हेरोइनजस्तो देखिने विभिन्न परिमाणका पदार्थसहित पक्राउ परेका छन् । यस्तै, धनगढीमै होटल सञ्चालक ३२ वर्षीय राम बोहरा चरेशजस्तो देखिने ५ किलो ६९० ग्राम पदार्थसहित पक्राउ परेका छन् । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ बाट रीता देवी यादव करिब १३८ किलो ७ सय ग्राम गाँजासहित पक्राउ परेकी छन् । त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट २६ वर्षीय राम चौधरी ९८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले