2026-07-27 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुल नेतृत्व जिवित रहेसम्म पार्टी छाडेर जानेहरूले बकवास गर्दैमा फरक नपर्ने : प्रचण्ड

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई बकवास गर्ने छुट भएको बताएका छन् । मुल नेतृत्व जिवित रहेसम्म पार्टी छाडेर जानेहरूले बकवास गर्दैमा फरक नपर्ने उनको भनाइ छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गरेका थिए ।

माओवादी आन्दोलनको समीक्षात्मक सम्बोधनमा प्रचण्डले भने, ‘मुल नेतृत्व र टीम जिवित रहँदासम्म बीचबीचमा उताउता छोडेर जानेहरूले जे जे बोल्दिए पनि फरक पर्दैन, जे जे गरे पनि हुन्छ, बकवास गरे पनि हुन्छ , लेनीनले भन्नु हुन्छ के जति बकबास गरे पनि हुन्छ ।’माओवादी छाडेका मोहन बैद्ध, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नेत्र विक्रम चन्द विप्लव लगायतले प्रचण्डको आलोचना गर्ने गरेका छन् ।

मुल पार्टी छाडेकाहरूको आलोचनालाई लक्षित गर्दै प्रचण्डले कम्युनिष्ट नेताहरूको दर्शन, विचार र अभिव्यक्तिको दृष्टान्त प्रस्तुत गर्दै बचाउ गरेका थिए । प्रचण्डले क्रान्ति पूरै जितेर आउन नसकेको स्वीकार गर्दै शान्ति सम्झौता बाध्यता भएको बताए । उनले भने, ‘हामीले क्रान्ति जितेर आउन सकेनौं, यो कुरा हामी सबैले मनन गर्नुपर्ने कुरा छ, हामीले क्रान्ति पूरै जित्न पाएको भए, माथि परेको सबैलाई तल पारिनेवाला थियो, तल परेका सबभन्दा माथि आउनेवाला थिए, जसरी जनयुद्धमा उत्पीडित वर्ग समुदाय माथि देखिएको थियो ।’माओवादी युद्ध कारण उपल्लो जाती र वर्गले समेत तल्लो जाती र वर्गलाई सम्मान देखाउनुपर्ने बाध्यता बनेको उनले बताए ।‘उत्पीडित समुदायको आवश्यकता र भावनाअनुसार उनीहरूलाई सम्मान गर्नुपर्ने, उनीहरूलाई इज्जत गर्नुपर्ने, उनीहरूलाई प्रतिष्ठा दिनुपर्नेमा ठाउँमा एकथरी मान्छेहरूलाई बाध्यता पारिएको थियो, लडाइँले त्यो बाध्यता पारेको थियो,’ उनले भने ।

पूर्णरूपमा युद्ध नजित्दै सहमति र सम्झौता गर्नुपर्ने परिस्थिति आइलागेको भन्दै प्रचण्डले माओवादी आन्दोलनले अपेक्षाकृत दिशा लिन नसकेको स्वीकार गरे । शान्ति सम्झौताप्रति प्रचण्डले भने, ‘यो आइलागेको परिस्थिति हो, सम्झौता र सम्झौतावाद भन्नेबारेमा पनि ठूल्ठूला मार्क्सवादी नेताहरूले, लेनीनवादीहरूले धेरै कुरा भनेका छन्, सम्झौता उत्पीडित वर्गमाथि परिस्थितिले थोपरिदिन्छ कहिलेकाँही र सम्झौता गर्नुपर्ने बाध्यता आउँछ नगर्दा पूरै लडाइँ, क्रान्ति हारिने र केही पनि नरहने खतरा हुन्छ ।’

परिस्थितिको बाध्यतालाई पार्टीले नेतृत्वले र समुदायले पनि आत्मसात् गर्नुपर्ने जिकिर गर्दै प्रचण्डले सम्झौतावादी नभइकन सम्झौता गर्नुपर्ने अवस्था आइलागेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला