१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

२ आश्विन २०७४, सोमबार १०:१८

असोज २, काठमाडौँ। पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । 

विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोेत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नसर्ने रोग रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन नगरिए भयावह हुन सक्ने जानकारी दिइयो । 

मुटु, मिर्गाैला, क्यान्सर, मधुमेह, रक्तचाप तथा श्वासप्रश्वासजस्ता रोगी पछिल्लो समय बढिरहेका छन् । शहीद गंगालाल हृदय रोग केन्द्रको अध्ययनमा १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २३ प्रतिशत रहेको छ । अर्काेतर्फ कूल मृत्युको ५१ प्रतिशत कारण नै नसर्ने रोग बनिरहेको छ । 

कुपोषण, मातृ तथा शिशुमृत्यु, सडक दुर्घटना तथा चोटपटकले हुने मृत्युको प्रतिशत ४९ मात्र छ । सर्ने तथा नसर्ने रोगबाट मृत्युका यी तथ्यांकले स्वास्थ्य सेवामा गम्भीर असर पार्नेसमेत विज्ञले जनाएका छन् । 

कार्यक्रममा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले नसर्ने रोगको उपचार महँगो र आजीवन औषधिसमेत सेवन गर्नुपर्ने भएकाले सामान्य आय भएका व्यक्तिको पहुँचभन्दा बाहिर हुनु चिन्ताको विषय बनेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगतका स्वास्थ्य सेवाका सबै प्रयास सरुवा रोग नियन्त्रणमा थिए, अब नसर्ने रोग नियन्त्रण हुनु आवश्यक छ । यसका लागि नीति बनाई कूल बजेटको दश प्रतिशत विनियोजनसमेत गर्नुपर्छ ।” 

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशिया क्षेत्रमा नसर्ने रोगविरुद्ध सामूहिकरुपमा लड्न रणनीतिसमेत तयार गरेको छ । स्वास्थ्य मन्त्रालयले समेत नसर्ने रोग नियन्त्रण गर्न नीति बनाई कार्यान्वयनसमेत गरिराखेको छ । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह