२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुस-युक्रेन युद्धमा पश्चिमा मुलुक जिम्मेवार : पुटिन

२०८२, १६ भाद्र सोमबार १६:५८

काठमाडौँ | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति भएको बताएका छन् । शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भाग लनि चीन भ्रमणमा रहेका पुटिनले गत महिना अलास्कामा ट्रम्पसँग भएको शिखर वार्तामा युक्रेन युद्ध अन्त्य गर्न सहमति भएको बताएका हुन् ।

तर, उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटेर शान्ति वार्ताका रुस तयार रहेको वा नरहेकोबारे भने केही खुलाएनन् । एससीओ सम्मेलनका लागि तियानजिनमा रहेका पुटिनले युक्रेनविरुद्धको रुसी आक्रमणको बचाउ गर्दै युद्धका लागि पश्चिमा मुलुक जिम्मेवार भएको दोहोर्‍याए । अलास्का बैठकपछि अमेरिकी विशेष दूत स्टिभ विटकोफले पुटिन युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न तयार भएको बताएका थिए । तर, रुसले भने हालसम्म यसको पुष्टि गरेको छैन ।

तियानजिनमा सम्बोधनका क्रममा पुटिनले भने, ‘अलास्कामा ट्रम्पसँग भएको भेटमा सहमति भएको थियो, आशा छ ट्रम्प युक्रेनमा शान्ति कायम गर्ने दिशामा अगाडि बढिरहेका छन् ।’पश्चिमा मुलुकले युक्रेनलाई युरोपेली सैन्य गठबन्धन नेटोमा सामेल गराउन लगातार प्रयास गरिरहेको उनको भनाइ छ । पुटिले युक्रेन नेटोमा सामेल हुने कुराप्रति लगातार असहमति राख्दै आएका छन् । युक्रेनलाई प्रयोग गरेर पश्चिमा मुलुकका नेटो सैनिक आफ्नै सीमासम्मै आइपुग्ने पुटिनको आशंका छ ।

सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो । साथै रुसी समर्थक समूहले पूर्वी युक्रेनको केही हिस्सा समेतमा कब्जा जमाएको थियो । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा नेटोमा सामेल हुने चर्चाका बीच पुटिनले युक्रेनमा उच्च तहमा आक्रमणको निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते