२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुस-युक्रेन युद्धमा पश्चिमा मुलुक जिम्मेवार : पुटिन

१६ भाद्र २०८२, सोमबार १६:५८

काठमाडौँ | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति भएको बताएका छन् । शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भाग लनि चीन भ्रमणमा रहेका पुटिनले गत महिना अलास्कामा ट्रम्पसँग भएको शिखर वार्तामा युक्रेन युद्ध अन्त्य गर्न सहमति भएको बताएका हुन् ।

तर, उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटेर शान्ति वार्ताका रुस तयार रहेको वा नरहेकोबारे भने केही खुलाएनन् । एससीओ सम्मेलनका लागि तियानजिनमा रहेका पुटिनले युक्रेनविरुद्धको रुसी आक्रमणको बचाउ गर्दै युद्धका लागि पश्चिमा मुलुक जिम्मेवार भएको दोहोर्‍याए । अलास्का बैठकपछि अमेरिकी विशेष दूत स्टिभ विटकोफले पुटिन युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न तयार भएको बताएका थिए । तर, रुसले भने हालसम्म यसको पुष्टि गरेको छैन ।

तियानजिनमा सम्बोधनका क्रममा पुटिनले भने, ‘अलास्कामा ट्रम्पसँग भएको भेटमा सहमति भएको थियो, आशा छ ट्रम्प युक्रेनमा शान्ति कायम गर्ने दिशामा अगाडि बढिरहेका छन् ।’पश्चिमा मुलुकले युक्रेनलाई युरोपेली सैन्य गठबन्धन नेटोमा सामेल गराउन लगातार प्रयास गरिरहेको उनको भनाइ छ । पुटिले युक्रेन नेटोमा सामेल हुने कुराप्रति लगातार असहमति राख्दै आएका छन् । युक्रेनलाई प्रयोग गरेर पश्चिमा मुलुकका नेटो सैनिक आफ्नै सीमासम्मै आइपुग्ने पुटिनको आशंका छ ।

सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो । साथै रुसी समर्थक समूहले पूर्वी युक्रेनको केही हिस्सा समेतमा कब्जा जमाएको थियो । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा नेटोमा सामेल हुने चर्चाका बीच पुटिनले युक्रेनमा उच्च तहमा आक्रमणको निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो