२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उखु किसानहरूलाई तोकेको मूल्य समयमै दिन सरकारसँग प्रचण्डको आग्रह

१७ भाद्र २०८२, मंगलवार १५:३४

काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले उखु किसानलाई दिनुपर्ने समयमै दिनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई समयमै भुक्तानी दिन समेत आग्रह गरेका हुन्।

‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसान समुदायको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ प्रचण्डले लेखेका छन्, ‘साथै, किसानका जायज मागहरूमा हाम्रो पार्टीको तर्फबाट सधैँ ऐक्यबद्धता रहनेसमेत अवगत गराउन चाहन्छु।’उनले आफू नेतृत्वको सरकारले उखु किसानलाई दिने भनि घोषणा गरेको अनुदान समेत कटौती गरेको भन्दै आपत्ति समेत जनाएका छन्। ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन,’ प्रचण्डले लेखेका छन्, ‘यसैका कारण किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो