2026-08-23 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ | नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान भएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बोलाइएको उनले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ । “केन्द्रीय सचिवालयमा सबै दस्ताबेज प्रस्ताव गरेर विधान महाधिवेशनमा जाने कुरा हुन्छ,” उनले भने ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली चीन भ्रमणबाट भदौ १८ गते फर्कनेछन् । १९ गते सचिवालय बैठक बोलाइएको हो । केन्द्रीय कमिटी बैठक बस्ने चर्चा थियो । समय अभाव भएकाले पनि केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको उनले बताए । “हामीले यसअघिको केन्द्रीय कमिटी बैठकको सुझाव लिइसकेका छौँ । विधान महाधिवेशनका प्रतिनिधि सार्वभौम हुनुहुन्छ । आफ्ना कुरा त्यही राख्न सक्नुहुन्छ,” गौतम भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो