2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मा गाउँपालिकाको आज सभा सम्पन्न भएको छ । 

दशैतिहारको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनको सभाले विरेन्द्र महराको अध्यक्षतामा १७ सदस्यीय नयाँ गाउँ कार्यसमिति समेत चयन गरेको छ । संगठनको उपाध्यक्षमा चन्द्रसिँह महता, सचिवमा सुरेशराज जोशी चयन गरिएको छ  ।

यस्तै बहादुरसिँह धामीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनले मार्मा गाउँपालिकामा रहेका विद्यालयहरुको शिकाइ उपलब्धीलाई गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

साथै संस्थागत विद्यालयहरु प्रति बढेको अभिभावकहरुको आर्कषणलाई कम गर्दै सामुदायिक विद्यालयहरुमा पनि गुणस्तरीय शिक्षामा जोड दिने शिक्षक संगठनले जनाएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुले कार्तिक १६ गतेसम्म सदस्यता नबीकरण गर्न समेत आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई