2026-08-23 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सरकारी सेवा सुरु

काठमाडौँ | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा मंगलबार विभागमा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौँ उपत्यका र काभ्रेपलान्चोकका ७० भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका थिए । कार्यक्रममा उद्योगीहरुलाई अनलाइनमार्फत सेवा लिन आवश्यक प्रक्रिया र सुविधाबारे जानकारी दिइएको थियो ।

नयाँ प्रणालीमार्फत आवेदन, कागजात अपलोड, अनुमतिपत्र जारी तथा नवीकरण सबै प्रक्रिया अनलाइनमै हुनेछन् । यसले पेपरलेस र फेसलेस सेवामा योगदान पु¥याउने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार हाल काठमाडौँ र हेटौंडास्थित कार्यालयमार्फत सेवा सुरु भए पनि निकट भविष्यमा सबै कार्यालयमा विस्तार गरिनेछ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६ (ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था भएकोले सो ऐनको दफा ८ बमोजिम खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो