2026-09-12 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा ६५ प्रतिशत मतदान, मतगणना कहिलेदेखि ?

सिरहा, २ असोज । तेस्रो चरणको निर्बाचन अन्तर्गत सिरहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाको ८ नगरपालिका र ९ गाउँपालीकामा रहेको तीन लाख ३२ हजार ८ सय ९५ मतदाता मध्ये ६५ प्रतिशतले मत खसालेको सिरहाका प्रमुख निर्वाचन अधिकृत अमृत वहादुर बस्नेतले जानकारी दिए । केही ठाउँको जानकारी आउन अझै बाँकी रहेकाले केही प्रतिशत अझै बढ्ने बस्नेतले जनाए । 

सिरहाको २ सय २१ मतदानस्थल अन्तर्गत रहेका ४ सय ३१ मतदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रमुख बस्नेतले जनाए । सवै मतदानस्थलको मतपेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकेपछि दलिय प्रतिनिधिसँगको छलफल पछि मतगणणा सुरु गरिने प्रमख बस्नेतले जानकारी दिए ।

जिल्लाको १७ स्थानीय निकायको एक सय ६४ वडाको ४ हजार ६ सय ५५ उम्मेदवार निर्वाचन प्रतिस्पर्धा गरिरहेका छन् । 

४ सय १७ सबारी साधन नियन्त्रणमा

जिल्ला निर्वाचन कार्यालयसँग इजाजत नलिई चलाएका भन्दै ४ सय भन्दा बढी  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बिना इजाजतको सबारी साधन चलाएको जिल्लाका बिभिन्न स्थानबाट ४ सय १७ बटा सबारी सधान नियन्त्रणमा लिई मतदान सकेपछि छोडिएको प्रमुख निर्बाचन अधिकृत बस्नेतले बताए ।

फर्जि मत खसाल्न खोज्ने डेढ दर्जन नक्कली मतदाता पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिएकोछ । सिरहामा छिटफुट बाहेक सवै मतदान स्थलमा ७ वजे मतदन सुरु भएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ