2026-07-24 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

‘श्रीमानले बिहे गरेको तीन महिनामै श्रीमतीलाई भारतीय दलालको जिम्मा लगाए’

असोज ३, बाजुरा । छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार ०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पतालमा गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुके रोकायाबीच वैशाख ०७४ मा प्रेमविवाह भएको थियो । विवाह भएको करिब दुई महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमान्सँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् । तर, अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा उनीहरूबीच मेलमिलाप भएको थियो ।

भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकका साथ लगाएर सडकमै छोडेर भागेको कुन्ताकुमारीले बताइन् । टेम्पु चालकसँग श्रीमान्बारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफैंले गरिदिने बताएको कुन्ताको भनाइ छ । उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको उनले बताइन् । कराउन थालेपछि टेम्पोचालकले राम्रो पैसा कमाइ हुने ठाउँमा लैजाने, मीठोमीठो खान दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए,’ उनले भनिन् ।

पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको कुन्ताले बताइन् । पुलिसले थाहा पाएपछि टेम्पोचालकले सडकमा छोडेर भागेको उनको भनाइ छ । प्रहरीले आफन्तकहाँ पु¥याइदिएपछि उनीहरूकै सहयोगमा नेपाल आएको बुढाले बताइन् ।

‘नेपाल आएर जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिए,’ उनले भनिन् । दलाललाई श्रीमती जिम्मा लगाउने रोकाया भने फरार रहेको इलाका प्रहरी कार्यालय दोगढीले जनाएको छ । कुन्ताका आफन्तले भने रोकायाले यसअघि पनि गाउँका चेलीबेटी भारत लगेर बेचेको आरोप लगाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक