2026-09-13 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बच्चीलाई गाडीले छोयो, उपचार खर्च पार्टीले बेहोर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा आउने प्रतिनिधि कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै दु:ख व्यक्त गरेका छन्।

महाधिवेशनको दोस्रो दिनको सत्रमा सहभागी हुन जाँदै गरेका प्रदेशमन्त्री मगर सवार को १ झ ६९९ नम्बरको सरकारी गाडीले आज बिहान ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि सडकमा स्थानीय ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो। त्यसपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेको थिए। बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए। अहिले घाइते बालिकाको उपचार बीएन्डबी अस्पतालमा भइरहेको छ।

‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्दछु। कहिले-कहिले यस्ता अप्रिय घटना हुन्छन्। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो’ अध्यक्ष ओलीले भने, ‘भवितव्य घटना भएको हो। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम निर्धारित समय बिहान ८ बजेभन्दा एक घण्टा ढिला सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले