काठमाडौँ | जेनजीको घेरामा रहेका सशस्त्र लिन सशस्त्रकै अन्य तीनवटा गाडीसहित सुरक्षा फौज पुगेको छ। प्रदर्शनकारीले नयाँबानेश्वरस्थित थापा गाउँमा सशस्त्रको एउटा गाडी घेरा हालेर रोकेका थिए।
अहिले उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिनका लागि थप ५ वटा गाडीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीले भने रोक्ने प्रयास गरिरहेका छन्।