११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो

३ आश्विन २०७४, मंगलवार ०६:१८

असोज ३, महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ । 

जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताउनुभयो । 

करिब २० वर्षपछि महापर्वकै रुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै सोमबार बिहान उनकी ४९ वर्षीया आमा गेनो देवीको मृत्यु भएपनि उनी र उनका परिवारजनले सोमबार उनको अन्तिम संस्कार गरेनन् । 

सोमबार बिहान मतदान शुरु हुनुभन्दा अगाडि नै नरेशकी आमाको मृत्यु भएको थियो तर उनी र उनका परिवारका सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने र आज बिहान मात्र आमाको अन्तिम संस्कार गर्ने भन्दै अन्तिम संस्कार गरेनन् । 

आमाको मृत्युभएको अवस्थामा पनि नरेश र उनका परिवारका १२ जना सदस्यले सोमबार दिनभरि लाइन लागेर स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय धबौलीमा स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले?