काठमाडौँ | प्रदर्शनकारीले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई पूर्ण रूपमा नियन्त्रणमा लिएका छन् । सिंहदरबारलाई नियन्त्रणमा लिएर प्रदर्शनकारीले केही भवनहरूमा आगजनी गरेका छन् । साथै, राष्ट्रिय झन्डासहित उनीहरूले भवनहरूमा फोटो सेसन पनि गरेका छन् ।
सिंहदरबारको मुलगेट तोडेर प्रवेश गरेका आन्दोलनकारीले राजनीतिक दलका नेताहरूविरुद्ध नारा लगाइरहेका छन् । साथै, उनीहरूले भर्खरै राजीनामा दिएका प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । सिंहदरबारभित्र रहेका प्रदर्शनकारीको आन्दोलन अनियन्त्रित बन्दै गएको छ ।
जसका कारण सुरक्षाकर्मीले पनि उनीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका छैनन् । सेना, प्रहरी नै पछि हटेपछि आन्दोलनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत आगजनी गरेका छन् ।