कमल रावल/असोज ३, अछाम । जनतालाई आभास हुने गरि सविधान कार्यान्वयन हुन सके मात्र संविधान कार्यान्वयनमा आउने एक कार्यक्रमका सहभागिले बताएका छन । 

सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज ३, अछाम । जनतालाई आभास हुने गरि सविधान कार्यान्वयन हुन सके मात्र संविधान कार्यान्वयनमा आउने एक कार्यक्रमका सहभागिले बताएका छन । 

सव"/>

2026-08-29 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सविधानको सफल कार्यान्वयनका लागि सबैको जोड


कमल रावल/असोज ३, अछाम । जनतालाई आभास हुने गरि सविधान कार्यान्वयन हुन सके मात्र संविधान कार्यान्वयनमा आउने एक कार्यक्रमका सहभागिले बताएका छन । 

सविधानको प्रत्येक धारामा रहेका अधिकार अझै कार्यान्वयन आउन नसकेकाले सबैको जोड कार्यान्वयनमा हुनु पर्ने बताएका छन । संविधान दिवस २०७४ को अवसरमा जिल्ला समारोह समिति अछामले आयोजनामा भएको कोण सभामा बोल्ने बक्ताले सविधानमा अक्षरस रुपमा लेखिएका महिलाका अधिकार, दलितका अधिकार, वालवालिकाका अधिकार अझै सुनिश्चित हुन नसकेका बताएका थिए । 

आगामि दिनमा एकले अर्कालाई दोष दिनुभन्दा कार्यान्वयनका लागि दबाबमुलक रुपमा अघि बढनु पर्ने बताए । जिल्ला समन्वय समिति अछामका सँयोजक नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको पुर्व सुचना तथा सन्चार राज्य मन्त्री गोबिन्द बहादुर शाहले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियो । जिल्ला न्यायाधीश हरि प्रसाद उपाध्याय पगेनि, मगलसेन नगरपालिका प्रमुख पदम बोहरा, प्रमुख जिल्ला अधिकारि किशोर कुमार चौधरि विशिष्ट अतिथि रहनु भएको थियो । 

बिहान मगलसेन बजारमा प्रभातफेरि सहित भएको कोणसभामा नेपालि काग्रेसका विष्णु खडका, नेकपा एमालेका नमराज न्यौपाने, नेकपा माओवादि केन्द्रका खगेन्द्र मान सिह, राप्रपा प्रजातान्त्रिक विवेक भण्डारि, रामारोशन गाउपालिका अध्यक्ष झकर साउद, अन्तरपार्टि महिला सन्जलाका दुधकला बिष्ट, उद्योग बाणिज्य सघका महासचिव बम बहादुर रावल, गैसस महासघका अध्यक्ष खडक खड्का, नागरिक समाज अछामका अध्यक्ष शँकर रावल, जिल्ला बार एशोसियन अछामका अध्यक्ष कृष्णप्रसाद ढुगाना, पत्रकार महासघका कार्यवाहक अध्यक्ष खम्म खत्रि, शोडषा माविका प्रअ शिवराज जोशि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

स्थानिय बिकास अधिकारी तोयानारायण सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सामाजिक बिकास अधिकृत खडक बिष्टले गर्नु भएको थियो । यसैबिच संविधान दिवसको अवसरमा  बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको छ । साफेबगर नगरपालिकाकाको आयोजनामा अस्पतालमा भर्ना भएका ३५ जना बिरामिहरुलाई फलफुल बितरण गरिएको हो । फलफुल बितरण कार्यक्रम पछि बोल्दै साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले सविधानको सफल कार्यान्वयनका लागि सबै लाग्नु पर्ने बताउनु भयो । 

सबिधानमा सबैका अधिकार सुनिश्चित भएकाले आफना अधिकारका लागि सबै लडनु पर्ने बताउनु भयो । फलफुल वितरणमा उप प्रमुख बिर्मला बुडथापा, बयालपाटा अस्पताल का डाक्टर बिकास, गौचन, लाल बहादुर कुँवर तिलकमान बोहरा, निमित्त कार्यकारि अधिकृत लक्ष्मीप्रसाद शर्मा ,वडा अध्यक्षहरु र सदस्य हरुको सहभागीता रहेको थियोे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु