कमल रावल/असोज ३, अछाम । जनतालाई आभास हुने गरि सविधान कार्यान्वयन हुन सके मात्र संविधान कार्यान्वयनमा आउने एक कार्यक्रमका सहभागिले बताएका छन । 

सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज ३, अछाम । जनतालाई आभास हुने गरि सविधान कार्यान्वयन हुन सके मात्र संविधान कार्यान्वयनमा आउने एक कार्यक्रमका सहभागिले बताएका छन । 

सव"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सविधानको सफल कार्यान्वयनका लागि सबैको जोड

३ आश्विन २०७४, मंगलवार १५:४५


कमल रावल/असोज ३, अछाम । जनतालाई आभास हुने गरि सविधान कार्यान्वयन हुन सके मात्र संविधान कार्यान्वयनमा आउने एक कार्यक्रमका सहभागिले बताएका छन । 

सविधानको प्रत्येक धारामा रहेका अधिकार अझै कार्यान्वयन आउन नसकेकाले सबैको जोड कार्यान्वयनमा हुनु पर्ने बताएका छन । संविधान दिवस २०७४ को अवसरमा जिल्ला समारोह समिति अछामले आयोजनामा भएको कोण सभामा बोल्ने बक्ताले सविधानमा अक्षरस रुपमा लेखिएका महिलाका अधिकार, दलितका अधिकार, वालवालिकाका अधिकार अझै सुनिश्चित हुन नसकेका बताएका थिए । 

आगामि दिनमा एकले अर्कालाई दोष दिनुभन्दा कार्यान्वयनका लागि दबाबमुलक रुपमा अघि बढनु पर्ने बताए । जिल्ला समन्वय समिति अछामका सँयोजक नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको पुर्व सुचना तथा सन्चार राज्य मन्त्री गोबिन्द बहादुर शाहले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियो । जिल्ला न्यायाधीश हरि प्रसाद उपाध्याय पगेनि, मगलसेन नगरपालिका प्रमुख पदम बोहरा, प्रमुख जिल्ला अधिकारि किशोर कुमार चौधरि विशिष्ट अतिथि रहनु भएको थियो । 


बिहान मगलसेन बजारमा प्रभातफेरि सहित भएको कोणसभामा नेपालि काग्रेसका विष्णु खडका, नेकपा एमालेका नमराज न्यौपाने, नेकपा माओवादि केन्द्रका खगेन्द्र मान सिह, राप्रपा प्रजातान्त्रिक विवेक भण्डारि, रामारोशन गाउपालिका अध्यक्ष झकर साउद, अन्तरपार्टि महिला सन्जलाका दुधकला बिष्ट, उद्योग बाणिज्य सघका महासचिव बम बहादुर रावल, गैसस महासघका अध्यक्ष खडक खड्का, नागरिक समाज अछामका अध्यक्ष शँकर रावल, जिल्ला बार एशोसियन अछामका अध्यक्ष कृष्णप्रसाद ढुगाना, पत्रकार महासघका कार्यवाहक अध्यक्ष खम्म खत्रि, शोडषा माविका प्रअ शिवराज जोशि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

स्थानिय बिकास अधिकारी तोयानारायण सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सामाजिक बिकास अधिकृत खडक बिष्टले गर्नु भएको थियो । यसैबिच संविधान दिवसको अवसरमा  बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको छ । साफेबगर नगरपालिकाकाको आयोजनामा अस्पतालमा भर्ना भएका ३५ जना बिरामिहरुलाई फलफुल बितरण गरिएको हो । फलफुल बितरण कार्यक्रम पछि बोल्दै साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले सविधानको सफल कार्यान्वयनका लागि सबै लाग्नु पर्ने बताउनु भयो । 

सबिधानमा सबैका अधिकार सुनिश्चित भएकाले आफना अधिकारका लागि सबै लडनु पर्ने बताउनु भयो । फलफुल वितरणमा उप प्रमुख बिर्मला बुडथापा, बयालपाटा अस्पताल का डाक्टर बिकास, गौचन, लाल बहादुर कुँवर तिलकमान बोहरा, निमित्त कार्यकारि अधिकृत लक्ष्मीप्रसाद शर्मा ,वडा अध्यक्षहरु र सदस्य हरुको सहभागीता रहेको थियोे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ