असोज ३, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
वडा नम्बर एकको ५५९ मत गणना हुँदा कांग्रेस उम्मेदवार २३५ मतका साथ पहिलो स्थानमा छन्। दोस्रोमा राजपा उम्मेदवार छन्। राजपाले १२७ मत पाएको छ भने १२५ मतका साथ तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार छन्।
वडा नम्बर एकको अध्यक्ष भने राजापाले जितेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले जानकारी दिए। अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ।
त्यस्तै सर्लाहीको बाग्मती नगरपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा ९५४ र उपप्रमुख पदमा ८६५ मत ल्याएको छ । उसलाई पछ्याउने क्रममा एमालेका प्रमुख उम्मेदवारले ५२४ र उपप्रमुखले ५८९
ल्याएका छन्कां भने कांग्रेसका प्रमुखले २५६ र उप प्रमुखले २५९ मत पाएका छन् ।